मोरङ क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रतिनिधिको मृत्यु भएको छ।
मोरङका प्रहरी प्रमुख एसपी कविद कट्टुवालका अनुसार रास्वपाका उम्मेदवार कृष्ण कार्कीका प्रतिनिधि तथा पार्टीका जिल्ला सदस्य दुर्गा रेग्मीको मृत्यु भएको हो।
प्रहरीका अनुसार मतगणना स्थलबाट खाना खान गएका बेला रेग्मी अचानक ढलेका थिए। खाना खाएकै स्थानमा उनको मृत्यु भएको एसपी कट्टुवालले बताए।
प्रारम्भिक अनुमान अनुसार उनको मृत्यु हृदयाघातका कारण भएको हुन सक्ने प्रहरीले जनाएको छ।
प्रकाशित: २२ फाल्गुन २०८२ १४:२२ शुक्रबार





