२ फाल्गुन २०८२ शनिबार
image/svg+xml
राजनीति

रास्वपाको केन्द्रीय समिति बैठक आज

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक आज बस्दै छ।

दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बैठक बस्ने भएको हो। बैठकमा प्रतिनिधिसभा सदस्य निर्वाचनका विषयमा छलफल हुने छ भने विशेषगरी प्रत्यक्षतर्फका उम्मेदवार चयनबारे निष्कर्ष निकाल्ने बताइएको छ।

पछिल्लो समय रास्वपाप्रति जनताको अपेक्षा बढेसँगै १६५ वटै निर्वाचन क्षेत्रमा उम्मेदवारीका आकांक्षीको संख्या पनि बढेको छ। रास्वपाले केन्द्रीय समिति बैठकमार्फत नै उम्मेदवार टुंग्याउने तयारी गरेको छ।  

प्रकाशित: ४ माघ २०८२ ०८:०२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App