२० श्रावण २०८३ बुधबार
image/svg+xml
राजनीति

रास्वपाले सांसदहरूबाट मासिक ३० लाखबढी लेबी उठाउने

फाइल तस्विर

सत्ता नेतृत्वकर्ता दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रधानमन्त्री, मन्त्री तथा सांसदहरुका लागि लेबी तोकेको छ। 

सिंहदबारमा बिहीबार बसेको संसदीय दलको बैठकले प्रधानमन्त्री र मन्त्रीहरुका लागि समान मासिक १८ हजार लेबी बुझाउनु पर्ने निर्णय गरेको हो। वर्तमान मन्त्रिपरिषद् १६ सदस्य छ। मन्त्रिमण्डल थपघट नभए प्रधानमन्त्री र मन्त्रीहरुबाट मात्रै रास्वपाले मासिक २ लाख ८८ हजार लेबी संकलन गर्नेछ। 

यस्तै दलको बैठकले सांसद्हरुबाट मासिक १६ हजार ५ सय रुपैयाँ लेबी उठाउने निर्णय भएको मुख्य सचेतक कवीन्द्र बुर्लाकोटीले जानकारी दिए। १८२ सांसद रहेको रास्वपामा प्रधानमन्त्री र मन्त्रीहरुको संख्या घटाउँदा १६६ बाँकी रहन्छन्। उनीहरुबाट रास्वपाले मासिक ३० लाख २७ हजार लेबी संकलन गर्ने भएको छ।  

रास्वपाले सांसदहरुका स्वकीयहरुका लागि मासिक २ हजार रुपैयाँ लेबी निर्धारण गरेको छ। हरेक सांसदले एक जना स्वकीय राख्न पाउने भएपनि रास्वपाले स्वकीय राख्ने नराख्ने निर्णय भने गरिसकेको छैन।

प्रकाशित: ३ वैशाख २०८३ १५:१९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App