१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
राजनीति

रास्वपाको रणनीति: भिजिट भिसा भ्रष्टाचारविरुद्ध सडक र सदन तताउने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भिजिट भिसाको आडमा भइरहेको भ्रष्टाचार र मानव बेचबिखनविरुद्ध आफ्नो आन्दोलनलाई थप सशक्त बनाउने घोषणा गरेको छ।

बुधबार भैरहवामा सम्पन्न संसदीय दलको बैठकले सदनदेखि सडकसम्म यो मुद्दालाई प्रभावकारी ढंगले उठाउने निर्णय गरेको हो।

बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै पार्टीका प्रमुख सचेतक सन्तोष परियारले छैठौं अधिवेशनको समीक्षा गरिएको र यस अवधिमा रास्वपाले नेपाली जनताका मुद्दालाई संसदमा स्थापित गर्न सफल भएको निष्कर्ष निकालेको बताए।

प्रमुख सचेतक परियारले भने, ‘हामीले संसदमा जनजीविकाका सवाललाई प्राथमिकताका साथ उठायौं। अब भिजिट भिसा जस्तो गम्भीर विषय, जहाँ संगठित अपराध र भ्रष्टाचार जोडिएको छ, त्यसलाई निर्णायक तहमा पुर्‍याउनेछौं।’

पार्टीले आफ्नो सीमित संसदीय संख्यालाई कमजोरी नभई शक्ति मानेको छ। ‘हाम्रो संख्या सानो होला, तर जनताको मुद्दामा हाम्रो अडान अटल छ। हामीले सत्तासँग कुनै अपवित्र सम्झौता गरेका छैनौं, यही हाम्रो बल हो,’ परियारले थपे।

प्रकाशित: १४ श्रावण २०८२ १९:३४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App