राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले फागुन ९ गते भैरहवा र फागुन १० गते पोखरामा आयोजना गर्न लागेको पार्टी सभापति रवि लामिछाने तथा वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) को संयुक्त जनसम्बोधन कार्यक्रम स्थगित भएको छ।
पार्टीकी सहप्रवक्ता प्रतिभा रावलद्वारा जारी सूचनामा ‘विशेष कारणले’ हालका लागि यी दुवै कार्यक्रम स्थगित गरिएको जानकारी दिइएको छ।
भैरहवाको अञ्चलपुर प्रदर्शनीस्थल र पोखराको अमरसिंह चौरमा तय भएको यी सभाहरूमा पार्टीका दुई प्रमुख नेताको सम्बोधन हुने बताइएको थियो। तर अहिलेका लागि यी कार्यक्रमहरू स्थगित भएका छन् ।
रास्वपाले अर्को मितिमा कार्यक्रम हुने वा नहुने बारे थप विवरण भने खुलाएको छैन।
प्रकाशित: ८ फाल्गुन २०८२ १३:२९ शुक्रबार





