राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनको बन्दसत्रका लागि प्रयोग हुने चितवन उद्योग संघको हलको १३ लाख ५० हजार भाडा लाग्ने भएको छ ।
चितवन उद्योग संघको नियम अनुसार प्रति दिनको ४ लाख ५० हजारका दरले भाडा बुझाउन रास्वपासंग सम्झौता भएको संघका अध्यक्ष मदन घिमिरेले बताए।
'संघको आफ्नै नियमावली छ, प्रति हलको दिनको १ लाख ५० हजार शुल्क लाग्दछ,'उनले भने 'तीनवटा हल प्रयोग गर्दा उहाँहरुले दैनिक ४ लाख ५० हजार शुल्क तिनुपर्ने हुन्छ ।' घिमिरेले कार्यक्रम गर्दाको पहिलो दिन र अन्तिम दिनको शुल्क आधा लाग्ने बताए ।
रास्वपाले ८ र ९ गतेका लागि पुरै दिनको भाडा तिर्नुपर्ने छ भने ७ र १० गतेको आधा आधा शुल्क लाग्नेछ । यदी महाधिवेशन लम्बिदै गएमा प्रतिदिन शुल्क थपिँदै जाने उनले बताए । रास्वपाको महाधिवेशन यही असार ७ गतेदेखि ९ गतेसम्म चितवनमा हुँदैछ ।
प्रकाशित: ५ असार २०८३ २०:१६ शुक्रबार



-600x400.jpg)
-600x400.jpg)
