२३ पुस २०८२ बुधबार
image/svg+xml
राजनीति

रास्वपा नेतृ सुमना भन्छिन् : यो सरकारलाई असफल हुने सहुलियत छैन

रास्वपा नेतृ सुमना श्रेष्ठले अन्तरिम मन्त्रीमण्डलमा सहभागी नहुने स्पष्ट पारेकी छन्। शुक्रबार प्रधानमन्त्री सुशीला कार्कीको शपथग्रहण समारोहमा देखिएपछि उनी सरकारमा सहभागी हुने चर्चा थियो। त्यसलाई खण्डन गर्दै उनले सरकारमा नजाने बताएकी हुन्।

उनले भनिन्, ‘मेरो यस सरकारप्रति पूर्ण समर्थन छ। यो सरकारलाई असफल हुने सहुलियत छैन, पृष्ठभूमिमा बसेर यो सरकारलाई सफल गराउन मेरो अनुभव, सञ्जाल र समय दिनेछु, तर कुनै मन्त्रीको पद भने लिने छैन।’ 

उनले थपिन्, ‘हरेक आन्दोलनपछि जसको विरुद्ध आन्दोलन भएको हो, त्यही पुरानो शक्तिसँग लसपस हुँदा आन्दोलनको मर्म प्रदूषित भएको छ। यसपालिको आन्दोलनमा म त्यस्तो प्रदूषणको कारक बन्दिनँ, यसको उपलब्धि संस्थागत गर्न दिलोज्यान दिएर काम गर्छु।’

उनले लेखेकी छिन्,  

म अन्तरिम मन्त्रीमण्डलमा जान लागेको हैन  

मेरो यस सरकारप्रति पूर्ण समर्थन छ। यो सरकारलाई असफल हुने सहुलित छैन,  पृष्ठभूमिमा बसेर यो सरकारलाई सफल गराउन मेरो अनुभव, सञ्जाल र समय दिनेछु, तर कुनै मन्त्रीको पद भने लिने छैन ।  हरेक आन्दोलन पछि जसको विरुद्ध आन्दोलन भएको हो त्यही पुरानो शक्तिसँग लसपस हुँदा आन्दोलनको मर्म प्रदुषित भएको छ । यसपालिको आन्दोलनमा म त्यस्तो प्रदुषणको कारक बन्दिन, यसको उपलब्धि संस्थागत गर्न दिलो ज्यान दिएर काम गर्छु ।  

सत्ता होइन, सेवा गर्ने!

कुर्सी होइन, कर्म गर्ने!

नाम होइन, काम गर्ने!

प्रकाशित: २८ भाद्र २०८२ ११:५३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App