८ असार २०८३ सोमबार
image/svg+xml
राजनीति

रास्वपा प्रथम महाधिवेशन : बन्दसत्र सुरु हुँदै, यस्तो छ आजको कार्यसूची

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनको बन्दसत्र आज बिहान ८ः३० बजेदेखि सुरु हुँदै छ। चितवनको प्रदर्शनी केन्द्रमा बन्दसत्र हुनेछ।

प्रदर्शनी केन्द्रमा रहेका तीन ठुला हलमध्ये दुई वटामा बन्दसत्रका लागि तयारी गरिएको छ। अर्को एउटामा खाजा र खानाको व्यवस्था गरिँदै छ। रास्वपाका महामन्त्री कबिन्द्र बुर्लाकोटीका अनुसार बन्दसत्र बिहान ८ः३० बजे सभापति रबि लामिछानेबाट सत्रको प्रारम्भ हुनेछ। ८ः३० देखि ८ः५० सम्म अनुशासन आयोगबाट रमाकान्त रिमालले अनुशासन आयोगको प्रतिवेदन प्रस्तुत गर्ने र यसमाथि छलफल हुनेछ। बिहान ९ः०० देखि ९ः३० बजेसम्म कोषाध्यक्ष लिमा अधिकारीले आर्थिक प्रतिवेदन प्रस्तुत गर्ने र त्यसमाथि छलफल हुनेछ।

बिहान १०ः०० देखि १०ः४५ सम्म महामन्त्री कबिन्द्र बुर्लाकोटीले सांगठनिक प्रतिवेदन प्रस्तुत गर्ने र छलफल हुनेछ। बिहान १०ः४५ देखि ११ः४५ सम्म सहमहामन्त्री बिपिन कुमार आचार्यले विधान संशोधन प्रस्ताव प्रस्तुत र अनुमोदन गराउनेछन्। बिहान ११ः४५ देखि १२ः१५ सम्म उपसभापति डा. स्वर्णिम वाग्लेले अर्थ-राजनीतिक प्रस्तावना पेस गर्नेछन्। 

त्यसपछि १२ः१५ देखि १ः१५ सम्म सभापति रबि लामिछानेले राजनीतिक प्रतिवेदन पेस, छलफल र अनुमोदन गर्नेछन्। दिउँसो १ः१५ देखि १ः२५ सम्म सभापति लामिछानेले अन्तरिम व्यवस्थापन समिति गठन घोषणा गर्ने र आयोजक समितिले सम्पूर्ण जिम्मेवारी निर्वाचन आयोगलाई दिने तालिका छ।

दिउँसो १ः२५ पछि खानाको समय तोकिएको छ। निर्वाचन आयोगले निर्वाचन प्रक्रियासम्बन्धी जानकारी र तालिका प्रकाशन गर्नेछ। रास्वपाका केन्द्रीय सदस्य राजन गौतमका अनुसार आज र भोलि दिनभरको खाना सोही स्थानमा व्यवस्थापन गरिएको छ। बन्दसत्रमा रास्वपाका चार हजार २११ जना प्रतिनिधि, सुपरिवेक्षक र स्वयंसेवक हुनेछन्।

प्रकाशित: ८ असार २०८३ ०७:२९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App