रुकुमपूर्वको सिस्ने गाउँपालिका–५ स्थित कमलतालमा डुबेर एक बालिकाको मृत्यु भएको छ।
तालमा पौडी खेल्ने क्रममा बालिकाको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका सूचना अधिकारी एवं प्रहरी निरीक्षक लालबहादुर विकले जानकारी दिए। पुथा उत्तरगङ्गा गाउँपालिका–९ खाराबाङकी आठ वर्षीया साहासी रोका मगरको मृत्यु भएको हो।
बालिका तालमा डुबेपछि उनका साथीले प्रहरीलाई खबर गरेका थिए। सूचना पाएलगत्तै घटनास्थल गएको प्रहरीले उनलाई उद्धार गरी जिल्ला अस्पताल रुकुमपूर्व लगेको थियो। उनको उपचारका क्रममा मृत्यु भएको सूचना अधिकारी विकले जानकारी दिए। रासस
प्रकाशित: ८ असार २०८३ ०७:२२ सोमबार





