राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रतिनिधिसभा अन्तर्गतका १० वटा विषयगत र २ वटा संयुक्त समितिका सभापतिको उम्मेदवार टुंग्याएको छ।
आज (बिहीबार) सिंहदरबारमा बसेको रास्वपा संसदीय दलको बैठकले १२ वटै समितिका लागि सभापतिको उम्मेदवार टुंगो लगाएको हो।
हेर्नुहोस् प्रस्तावित सभापतिको सूची :
१. कानुन, न्याय तथा मानवअधिकार समितिमा समीक्षा बास्कोटा,
२. कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति- अशोककुमार चौधरी
३. पूर्वाधार विकास समिति- आशिष गजुरेल
४. महिला तथा सामाजिक मामिला समिति- आकृति अवस्थी
५. राज्य व्यवस्था तथा सुशासन समिति- हरि ढकाल
६. शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति- ओजश्वी शेरचन
७. सार्वजनिक लेखा समिति- प्रमुख प्रतिपक्षी दल (नेपाली कांग्रेस)
८. संसदीय सुनुवाइ- बोधनारायण श्रेष्ठ
९. उद्योग वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति- रहबर अन्सारी
१०. राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन- गणेश कार्की
११. अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति- सुम्नीमा उदास
१२. अर्थ समिति- कृष्णहरि बुढाथोकी
प्रकाशित: ३ वैशाख २०८३ १४:१८ बिहीबार





