२२ पुस २०८२ मंगलबार
image/svg+xml
राजनीति

रास्वपाका केन्द्रीय समितिको बैठक आज बस्ने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक आज बस्ने भएको छ।

सो बैठकमा केन्द्रीय विभागको प्रगति प्रतिवेदन, कुलिङ अफ पिरियडमा भएको गडबडी छानबिन प्रतिवेदन र समसामयिक राजनीतिक एवं पार्टीका गतिविधि सम्बन्धमा छलफल हुने रास्वपाले जनाएको छ।

पार्टीका प्रवक्ता मनिष झाका अनुसार यस बैठकमा विभिन्न १३ बुँदाको एजेण्डामाथि छलफल हुने छ।

बैठकमा पूर्व केन्द्रीय सदस्यहरूलाई पुनः जिम्मेजारी दिने, विदेशमा रहेका नेपाली नागरिकलाई मताधिकारको व्यवस्था गर्न सरकार र सम्बन्धित निकायको ध्यानार्कषण गराउनेदेखि केन्द्रीय विभाग र प्रदेश विभागको नयाँ नियुक्ति सम्बन्धमा छलफल हुँदै छ।

प्रकाशित: २३ श्रावण २०८२ ०९:०२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App