राप्रपाले आज (सोमबार) कर्णाली प्रदेशको सुर्खेतमा सातौं र अन्तिम प्रदेश स्तरीय समीक्षा बैठक गर्दैछ।
बैठकमा हालै सम्पन्न निर्वाचनको समीक्षा, पार्टीले लिनुपर्ने कार्यनीति, स्थानीय तहको निर्वाचन लगायतका विविध विषयमा छलफल हुने प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिए।
केन्द्रीय सचिवालयको आयोजनामा भइरहेको समीक्षा बैठकमा अध्यक्ष राजेन्द्र लिङ्देन र नेताहरू, जिल्ला, क्षेत्र, प्रदेशसभा क्षेत्रका अध्यक्षहरू, गत निर्वाचनका उम्मेदवारहरू एवं जिल्ला निर्वाचन समितिका संयोजकहरूको सहभागिता रहने उनले बताए।
प्रकाशित: २१ वैशाख २०८३ ०७:५७ सोमबार





