१३ फाल्गुन २०८२ बुधबार
image/svg+xml
राजनीति

राजावादीले नै आन्दोलन सिध्याउन खोजे: दुर्गा प्रसाईं

मेडिकल व्यवसायी दुर्गा प्रसाईंले गत चैत १५ गतेको तीनकुने आन्दोलन परम्परागत राजावादी र राप्रपाका नेताहरूले नै सुनियोजित रूपमा बिगारेको गम्भीर आरोप लगाएका छन्।

जेलबाट छुटेपछि पहिलोपटक पत्रकार सम्मेलन गर्दै उनले आफूलाई पाहुना बनाएर आन्दोलन हाइज्याक गर्ने प्रयास भएको र अन्त्यमा सबै दोष आफूमाथि थोपरिएको दाबी गरे।

सोमबार आयोजित पत्रकार सम्मेलनमा प्रसाईंले राप्रपाका नेताहरू धवलशमशेर राणा र रवीन्द्र मिश्रप्रति आक्रामक रूपमा प्रस्तुत हुँदै उनीहरूले आन्दोलन भड्काएको आरोप लगाए।

‘धवलशमशेर र रवीन्द्र मिश्रहरू सबैभन्दा पहिला... एक घण्टा अगाडि नै गएर मञ्चमा आसन ग्रहण गर्ने,’ प्रसाईंले भने, ‘अनि आन्दोलन सबै भड्काउने उहाँहरू, अनि लास्टमा गएर के भन्नुहुन्छ थाहा छ ? ‘यो आन्दोलन त हामी त पाहुना गएको अरे, दुर्गा प्रसाईंले गरेको आन्दोलन।’ यस्तो राजनीतिक हुन्छ ?’

उनले आन्दोलन हिंसात्मक बन्नुमा राजावादीहरूको हात रहेको दाबी गरे। ‘आन्दोलन नै बिगारेको राजावादीहरूले हो, राप्रपाहरूले हो,’ उनले भने, ‘पुलिस ३०० मिटर पर बसेको छ, पहिले नै गएर लडाइँ गर्ने ? किन गर्नु लडाइँ ?’

उनले आफूलाई राजावादी वा राप्रपाको कित्तामा नराख्न आग्रह गर्दै आफू केवल राष्ट्रवादी भएको स्पष्ट पारे। ‘म राजावादी पनि होइन, राप्रपा पनि होइन। म राष्ट्रवादी हुँ,’ उनले भने, ‘राजा पनि राजावादी होइनन्, राष्ट्रवादी हुन्।’

प्रकाशित: २ भाद्र २०८२ १६:३८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App