१५ फाल्गुन २०८२ शुक्रबार
image/svg+xml
राजनीति

हक अधिकारका लागि रोएर बस्ने होइन लडेर लिनुपर्छ : उपेन्द्र यादव

फाइल तस्बिर

जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले आफ्नो हक प्राप्तिका लागि रोएर बस्नुभन्दा लडाई लडेर लिनुपर्ने बताएका छन् ।

शनिबार जनकपुरधाममा आयोजित समाजवादी दलित मुक्ति संगठन केन्द्रीय समितिको दोस्रो राष्ट्रिय अधिवशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै अध्यक्ष यादवले दलित समुदायको हकहितका लागि संघर्ष गर्न आह्वान गरेका छन् ।  

उनले जसपा नेपाल पार्टी दलितको हकहितका लागि संघर्षरत रहेको र अगाडि पनि संघर्ष जारी राख्ने बताए । उनले आफूहरुको लडाईमा दलित समुदायलाई साथ दिन आग्रह गरे ।  

उनले अहिलेको परिस्थितीमा रोएर बसे भने अधिकार प्राप्त नहुने बताउँदै सबैले लडेर अधिकार प्राप्ति गर्नुपर्ने जनाए ।

अध्यक्ष यादवले लोकतन्त्रमा सबै जनाले समान अधिकार पाउने पर्नेमा देशमा अहिले पनि जाति र समुदायकाबीच विभेद कायम रहेको बताउँदै जनता समाजवादी पार्टीले यस परिस्थितीलाई चिरेर सबैलाई समान अधिकार दिलाउने जानकारी दिए ।  

नेपालमा सबैभन्दा बढी जनसंख्या दलित समुदायको भएपनि अधिकारमा भने सबैभन्दा पिछडिएको दलित समुदाय नै रहेको उनले बताए ।

अध्यक्ष यादवले सबै दलितलाई संगठित भई जसपा नेपालको संघर्षमा साथ दिन आह्वान गरे । उनले मधेस र मधेसमा बसोबास गर्ने सबै जातजाति र समुदायले अधिकार प्राप्त नगरेसम्म आफू लडिरहने बताए ।

प्रकाशित: १४ भाद्र २०८२ १९:५९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App