२० फाल्गुन २०८२ बुधबार
image/svg+xml
राजनीति

उम्मेदवारी कायम राख्न सर्वोच्च पुगे रेशम

उम्मेदवारी कायम राख्न माग गर्दै नागरिक उन्मुक्ति पार्टी नेपालका अध्यक्ष रमेशलाल चौधरी सर्वोच्च पुगेका छन् ।  

आफ्नो उम्मेदवारी खारेज गर्ने निर्वाचन आयोगको निर्णयविरुद्ध चौधरी सर्वोच्च अदालत पुगेका हुन् ।  

निर्वाचन अधिकृतले गैरकानुनी रुपमा आफ्नो उम्मेदवारी रद्द गरेको भन्दै चौधरीले निर्वाचन अधिकृतको कार्यालय, कैलाली क्षेत्र नम्बर २ का निर्वाचन अधिकृतको निर्णय बदर हुनुपर्ने माग गरेका हुन् ।

उनले आफ्नो उम्मेदवारी यथावत रहनुपर्ने र निर्वाचनमा प्रतिस्पर्धा गर्न पाउनुपर्ने माग समेत गरेका छन् । उनको निवेदनमाथि आगामी आइतबार सर्वोच्च अदालतमा प्रारम्भिक सुनुवाइ हुनेछ ।

जन्मकैदको सजाय पाएर राष्ट्रपतिबाट माफी मिनाह भए पनि कसुर र कैदको अभिलेख हुने भन्दै निर्वाचन अधिकृतको कार्यालयले चौधरीको उम्मेदवारी रद्द गरेको थियो ।

उनले कैलाली–१ बाट प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दिएका थिए ।

 

प्रकाशित: ९ माघ २०८२ १७:२८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App