२१ फाल्गुन २०८२ बिहीबार
image/svg+xml
राजनीति

किसानलाई मल, बीउ र सिँचाइको व्यवस्था गर्न अनुरोध

राष्ट्रियसभामा सासंदहरुले किसानलाई मल, बीउ र सिँचाइको व्यवस्था गर्न सरकारसँग अनुरोध गरेका छन् । आजको बैठकको शून्य समयमा उनीहरूले मलखाद र बीउबिजनका अभावमा किसान पिरोलिनुपर्ने अवस्थाको अन्त्य गर्नेतर्फ सरकार लाग्नुपर्नेमा जोड दिए।

सांसदहरू पूजा चौधरी, रेनु चन्द र विष्णुकुमारी सापकोटाले खडेरीले समयमा रोपाइँ गर्न नपाएका किसानलाई मल र बीउका निम्ति भौँतारिनु नपर्ने व्यवस्था सरकारबाट हुनुपर्ने बताए।

युवा वर्गलाई स्वदेशमा नै रोजगारीका अवसर उपलब्ध गराउनेतर्फ सरकार गम्भीर हुनुपर्नेमा जोड दिँदै उनीहरूले कृषि क्षेत्र रोजगारी प्रमुख स्रोत भएकाले आधुनिक कृषि प्रणाली र व्यावसायिक खेतीलाई प्राथमिकता दिनुपर्छ भने। 

प्रकाशित: २७ श्रावण २०८२ १४:२३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App