काठमाडौंका मेयर बालेन शाह र रास्वपा सभापति रवि लामिछानेबीच ललितपुरको ज्वागलमा भएको भेटवार्ता भर्खरै सकिएको छ।
मेयर शाहका सहयोगी कुमार बेनको निवासलाई वार्तास्थल बनाइएको थियो। सोही स्थानमा दुई नेताबीच केहीबेर छलफल भएको हो।
वार्ता सकेर सभापति लामिछाने भर्खरै बाहिरिएका छन्। बालेनसँगको वार्तापछि उनलाई सञ्चारकर्मीले वार्ता के भयो ? भनेर प्रश्न गरेका थिए। सो क्रममा रविले प्रतिप्रश्न गर्दै भनेका छन्, ‘मेरो अनुहारले के भन्छ ?’
लामिछाने र शाहबिच यो दोस्रो ‘वान टु वान’ भेटवार्ता हो। यसअघि सोमबार राति कमलपोखरीस्थित रास्वपाका केन्द्रीय सदस्य असिम शाहको निवासमा करिब पाँच घण्टा छलफल भएको थियो।

रवि बाहिरिएपछि सञ्चारकर्मीले उनलाई के कुराकानी भयो भनी प्रश्न गरेका थिए। जबाफमा लामिछानेले ‘मेरो अनुहारले के भन्छ ?’ भनेर प्रतिप्रश्न गरेका थिए। साथै, ‘अबको प्रधानमन्त्री रवि कि बालेन’ भन्ने सञ्चारकर्मीको प्रश्नमा उनले कुनै जवाफ दिएनन्।
लामिछाने र शाहबिच यो दोस्रो ‘वान टु वान’ भेटवार्ता हो। यसअघि सोमबार राति कमलपोखरीस्थित रास्वपाका केन्द्रीय सदस्य असिम शाहको निवासमा करिब पाँच घण्टा छलफल भएको थियो।
प्रकाशित: १० पुस २०८२ १५:११ बिहीबार




