२० माघ २०८२ मंगलबार
image/svg+xml
राजनीति

रवि-बालेनले एकसाथ बजाए घण्टी

<br>

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन शाहले पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा एकसाथ घण्टी बजाएका छन्।

काठमाडौं महानगरपालिकाको प्रमुख पदबाट राजीनामा दिएलगत्तै शाह वनस्थलीस्थित पार्टी कार्यालय पुगेका थिए।

कार्यालयको मूल प्रवेशद्वारमा सभापति लामिछानेले शाहलाई स्वागत गरेपछि दुवै नेताले त्यहाँ झुन्ड्याइएको घण्टी संयुक्त रूपमा बजाएका हुन्।

शाहको आगमनका कारण वनस्थली क्षेत्रमा समर्थकहरूको बाक्लो भीड लागेको छ। उपस्थित भीडले नेताद्वयको पक्षमा चर्को नाराबाजी गरिरहेको छ।

प्रकाशित: ४ माघ २०८२ १६:०४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App