२ चैत्र २०८२ सोमबार
image/svg+xml
राजनीति

रञ्जिताको कविता: एक दिन त्यो नाटकको पर्दा च्यातिन्छ...

नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीलाई पदबाट हटाएर लालवीर चौधरीलाई अध्यक्ष बनायो। तर, रञ्जिताले पार्टीको आधिकारिक अध्यक्ष आफू नै रहेको दाबी गरेकी छन्।

यसैबीच रञ्जिताले एक कविता लेखेर फेसबूकमा पोस्ट गरेकी छन्। 'नजिर' शीर्षकको उक्त कवितामा गलत नजिर बनाइएको, सत्यलाई लुकाउन नसकिने, कुनै न कुनै दिन झुटहरूको पर्दाफास हुनेलगायतका कुराहरू राखिएका छन्।

'...एक दिन त्यो नाटकको पर्दा च्यातिन्छ र सञ्चित पापको भारीले नै आफैँ झुकेको पाइन्छ,' कवितामा उनले लेखेकी छन्।

अघिल्लो संसदीय निर्वाचनभन्दा केही अगाडि मात्रै गठन भएको नाउपा अहिले राष्ट्रिय पार्टी हो। तर, रञ्जिता र उनका श्रीमान् तथा पार्टी संरक्षक रेशम चौधरीबीच द्वन्द्व बढ्दा पार्टी फुटको स्थितिसम्म आइपुगेको हो। 

प्रकाशित: १९ श्रावण २०८२ १६:४५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App