राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का पूर्व नेता रविन्द्र मिश्रले आजको परेको गणतन्त्र दिवसमा पुष्पकमल दाहाल (प्रचण्ड) लक्षित व्यंग्यात्मक स्टाटास लेखेका छन्।
आज सामाजिक सञ्जालमार्फत उनले प्रचण्डवादीहरूलाई प्रचण्डतन्त्र दिवसको हार्दिक मंगलमय शुभकामना भन्दै व्यंग्यात्मक स्टाटास लेखेका हुन्। उनले भनेका छन्, 'प्रचण्ड-- 'प्रचण्ड युग'का नायक, 'प्रचण्डतन्त्र'का पिता हुन्। आज जेठ १५ गते -- प्रचण्डतन्त्र दिवसको सबै प्रचण्डवादीहरूलाई हार्दिक मंगलमय शुभकामना!'
सोही क्रममा उनले प्रचण्डलाई असाधारण व्यक्तप भएको समेत बताए।
यस्तो छ उनको स्टाटस:
प्रचण्डतन्त्र दिवसको शुभकामना!
प्रचण्ड -- 'प्रचण्ड युग'का नायक, 'प्रचण्डतन्त्र'का पिता हुन्। आज जेठ १५ गते -- प्रचण्डतन्त्र दिवसको सबै प्रचण्डवादीहरूलाई हार्दिक मंगलमय शुभकामना!
तपाईँ असाधारण हुनुहुँदोरहेछ -- प्रचण्डजी। बालेनजीभन्दा पनि असाधारण! तपाईँ आफू फुल्नु भयो, झर्नुभयो; रूनु भयो, रूवाउनु भयो; मार्नु भयो, मराउनु भयो; खुम्चिएर मरिच हुनुभयो, तर तपाईँले:
-- संसारमैँ अपवाद बनेका प्रधानमन्त्री बालेनदेखि, रवी लामेछाने र स्वर्णीम वाग्लेसम्म,
-- गिरिजाप्रसाद कोइरालादेखि शेरबहादुर देउवा र डा शेखर कोइरालासम्म,
-- केपी ओलीदेखि माधव नेपाल र झलनाथ खनालसम्म,
-- गगन थापादेखि विश्वप्रकाश शर्मा र प्रदिप पौडेलसम्म,
-- देशका नामुद पत्रकारदेखि नागरिक समाजका अगुवा र पेशाकर्मीसम्म,
सबैलाई प्रचण्डवादी बनाइदिनु भयो। ती तपाईँलाई श्रेय दिन चाहाँदैनन्, किनभने तिनको मुटु सानो छ। त्यसैले ती आफैँ श्रेय लिन चाहन्छन्। तर तिनले जति बल गरे पनि तथ्य के हो भने ती सबैको अनुहारमा प्रचण्डको लेप लागेको छ।
मजस्ता भिन्न मत राख्ने मान्छेसँग चाहिँ नरिसाउनु होला है। प्रचण्डतन्त्र दिवस -- "इतिहास् रहोस्, अमर नरहोस्" भन्छु, माइण्ड नगर्नोस् है।
फेरि एकपटक प्रचण्डवादीहरूलाई प्रचण्डतन्त्र दिवसको हार्दिक मंगलमय शुभकामना!
प्रकाशित: १५ जेष्ठ २०८३ ०८:०८ शुक्रबार



-600x400.jpg)

