२१ श्रावण २०८३ बिहीबार
image/svg+xml
राजनीति

बालेन्द्रप्रति रविन्द्रको व्यंग्य : संसद्‍मा १० मिनेट बोल्दा अति गम्भीरसहित तीन त्रुटी गर्ने प्रधानमन्त्री

रविन्द्र मिश्रले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता एवं प्रधानमन्त्री बालेन्द्र शाहप्रति व्यंग्यात्मक टिप्पणी गरेका छन्।

बालेन्द्रलाई संसद्‍मा १० मिनेट बोल्दा अति गम्भीरसहित तीन त्रुटी गर्ने प्रधानमन्त्री भन्दै मिश्रले व्यंग्यात्मक टिप्पणी गरेका हुन्। उनले चुनावी अभियानका क्रममा जम्माजम्मी २७ मिनेट बोलेर झण्डै दुई-तिहाईको प्रधानमन्त्री हुने र संसद्‍मा अकस्मात उपस्थित भएर जम्माजम्मी १० मिनेट बोल्दा एउटा अति गम्भीरसहित तीन वटा त्रुटी गर्ने प्रधानमन्त्री विश्वमा अन्त कतै नभएको टिप्पणी गरे।

साथै, उनले अब प्रधानमन्त्रीले स्कृप्ट नहेरी गम्भीर विषयहरूमा एक घण्टा बोल्न पर्यो भने के हुने होला भन्दै जिज्ञासासहितको प्रश्न समेत गरे।

यस्तै, राज्य सञ्चालन डीडीसीको चिज पक्कै नभएको भन्दै प्रधानमन्त्रीले यस विषयमा विचार गर्नु पर्ने बताए।

'चुनावी अभियानमा जम्माजम्मी २७ मिनेट बोलेर झण्डै दुई-तिहाईको प्रधानमन्त्री हुने, अनि संसदमा अकस्मात उपस्थित भएर जम्माजम्मी संभवत: १० मिनेट बोल्दा एउटा अति गम्भिरसहित तीवटा त्रुटी गर्ने प्रधानमन्त्री विश्वमा अन्त कतै छन् भने कृपया जानकारी पाऊँ न!' उनले सामाजिक सञ्जालमा लेखेका छन्, 'अब हाम्रा प्रधानमन्त्रीले स्कृप्ट नहेरी गम्भिर विषयहरूमा एक घण्टा बोल्न पर्यो भने, के हुने होला? राज्य सञ्चालन "डीडीसीको चिज" त पक्कै होइन। प्रधानमन्त्रीज्यूले विचार गर्नु पर्ला!'

प्रकाशित: १८ जेष्ठ २०८३ ०९:१४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App