राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले कोशी र मधेस प्रदेशका सांसदहरूसँग आज छुट्टाछुट्टै भेटघाट तथा अन्तरक्रिया गर्ने भएका छन्।
आज जेठ ८ गते संसदीय दलको कार्यालय सिंहदरबारमा आयोजना हुने कार्यक्रममा कोशी प्रदेशका उपलब्ध सांसदहरूसँग बिहान ११ देखि दिउँसो १ बजेसम्म छलफल हुने जनाइएको छ। त्यसपछि मधेस प्रदेशका सांसदहरूसँग दिउँसो १ः३० देखि ३ः३० बजेसम्म बैठक तथा अन्तरक्रिया कार्यक्रम तय गरिएको रास्वपाले जानकारी दिएको छ।
लामिछानेले अन्य प्रदेशका सांसदहरूसँग पनि छुट्टै तालिका बनाएर आगामी दिनमा छलफल कार्यक्रम आयोजना गरिने रास्वपाले जनाएको छ।
प्रकाशित: ८ जेष्ठ २०८३ ०८:५१ शुक्रबार





