२१ फाल्गुन २०८२ बिहीबार
image/svg+xml
राजनीति

‘श्रम संस्कृति पार्टी’मा पुन्यको 'इन्ट्री', साम्पाङले गरे स्वागत

धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई ‘साम्पाङ’ले खोलेको राजनीतिक दल ‘श्रम संस्कृति पार्टी’मा युवा अभियन्ता पुन्य गौतमलाई स्वागत गरेका छन्। साम्पाङले सामाजिक सञ्जाल फेसबुकमार्फत पुन्यलाई पार्टीमा स्वागत गरेका छन्।

साम्पाङले गत स्थानीय तह निर्वाचनमा धरान उपमहानगरपालिकाका मेयरको रूपमा निर्वाचित भएपछि खानेपानी आयोजना निर्माण र ‘श्रमदान’ अभियानमार्फत समुदायमा सक्रिय भूमिका निर्वाह गर्दै आएका छन्। नयाँ दलमार्फत उनी श्रम र संस्कृतिलाई जोड्दै स्थानीय तहमा विकास र सामाजिक परिवर्तनका कार्यक्रम अगाडि बढाउने योजना बनाइरहेका छन्।

प्रकाशित: १५ आश्विन २०८२ १७:५९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App