राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद पुकार बमले सामाजिक सञ्जालमार्फत कडा आक्रोश व्यक्त गरेका छन्। पछिल्लो समय सरकार (प्रधानमन्त्री बालेन्द्र शाह पक्ष) र पार्टी (सभापति रबि लामिछाने) बिच दुरी बढ्दै गएको चर्चा चलिरहेका बेला उनको यो टिप्पणी सार्वजनिक भएको हो।
उनले कसलाई लक्षित गरिएको हो भन्ने खुलाएका छैनन्, तर चेतावनीको शैलीमा लेखेका छन्, ‘हेर्दै जाम, यो शान्त ज्वालामुखीले क-कसलाई खरानी बनाउँछ। अनावश्यक चलाउन, केही होइन भनेर नजरअन्दाज गर्न र धैर्यताको परीक्षा लिने कुचेष्टा नगरेकै राम्रो।’
आफ्नो विगतको संघर्षलाई स्मरण गर्दै उनले थपेका छन्, ‘सन् २००४ देखिको संघर्षपूर्ण २२ वर्षको सामाजिक-राजनीतिक जीवनबाट हार्न, सकिन र गुमाउन बाँकी केही नभएको, देश र नागरिकका लागि मर्न तयार अनि पुराना शासकबाट लगभग मारिसकिएको एक सत्याग्रही हो पुकार बम। इतिहास बुझ्न थोरै समय लाग्छ, समय र शक्ति त्यता खर्च गर्दा राम्रो।’
प्रकाशित: २५ असार २०८३ १८:५४ बिहीबार




-600x400.jpg)