वरिष्ठ अधिवक्ता डा. चन्द्रकान्त ज्ञवालीले जनमत कहिल्यै पनि एक ठाउँमा नबस्ने बताउँदै कसैले पनि घमण्ड गर्नु नहुने बताएका छन्। विगतका विजेताहरू वर्तमानमा कमजोर अवस्था रहेको देखाउँदै उनले यस्तो भनेका हुन्।
‘२०१६ सालमा नेपाली कांग्रेस दुई तिहाइमा थियो। २०४८ मा गिरिजाप्रसादले एकल सरकार गठन गर्नुभयो, आखिर पार्टी नै फुट्यो,’ नागरिकसँगको कुराकानीमा ज्ञवालीले भने, ‘त्यतिखेर पनि संसद् विघटन हुन पुग्यो। अर्को निर्वाचन भयो, अल्पमतको सरकार भयो। फेरि जनमत अर्कोतिर गयो।’
त्यस्तै २०६४ सालमा माओवादीले ६०१ मध्ये २२० सिट प्राप्त गर्ने माओवादीको अवस्था अहिले यस्तो भएको देखाउँदै उनले जनताको पक्षमा काम नगरे जनमत फेरिने सुनाए।
प्रकाशित: १० चैत्र २०८२ ०८:०३ मंगलबार





