१६ फाल्गुन २०८२ शनिबार
image/svg+xml
राजनीति

प्रधानमन्त्री कार्कीको लुम्बिनी भ्रमण सम्पन्न

प्रधानमन्त्री सुशीला कार्कीको लुम्बिनी भ्रमण शनिबार सम्पन्न भएको छ। विश्व शान्तिको प्रतीक तथा भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनीको संरक्षण, विकास र अन्तर्राष्ट्रिय प्रवर्द्धनलाई प्राथमिकतामा राख्दै प्रधानमन्त्री कार्की लुम्बिनी पुगेकी हुन्।  

प्रधानमन्त्री कार्कीले भ्रमणका क्रममा मायादेवी मन्दिरमा दर्शन गरी भगवान् बुद्धको जन्मस्थलको ऐतिहासिक र धार्मिक महत्वबारे जानकारी लिइन्। उनले संरक्षणका कामलाई अझ व्यवस्थित र प्रभावकारी बनाउनुपर्ने आवश्यकता रहेको बताइन् । त्यसैगरी  प्रधानमन्त्रीले थाइविहार लगायत लुम्बिनी क्षेत्रभित्रका विभिन्न अन्तर्राष्ट्रिय विहार र संरचनाहरूको अवलोकन पनि गरिन्। 

प्रधानमन्त्री कार्कीले लुम्बिनी केवल नेपालको मात्र नभई सम्पूर्ण विश्वकै साझा सम्पदा भएको उल्लेख गर्दै यसको विकास गर्दा मौलिकता, शान्ति र धार्मिक सहिष्णुतालाई केन्द्रमा राख्नुपर्ने बताएकी छन्। उनले लुम्बिनी विकास कोष, स्थानीय समुदाय र सरोकारवालाबिच समन्वय गरेर दीर्घकालीन गुरुयोजना प्रभावकारी रूपमा कार्यान्वयन गर्न सरकार प्रतिबद्ध रहेको पनि स्पष्ट पारेकी छन्।

प्रधानमन्त्रीको भ्रमणले लुम्बिनी क्षेत्रको धार्मिक, सांस्कृतिक र पर्यटन महत्वलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा थप उजागर गर्ने अपेक्षा गरिएको छ। 

प्रकाशित: ९ फाल्गुन २०८२ १३:०३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App