१८ कार्तिक २०८२ मंगलबार
image/svg+xml २१:१७ अपराह्न
राजनीति

द्रूतमार्गको प्रवेश विन्दु क्षेत्रको समस्या समाधानमा प्रधानमन्त्रीद्वारा पहल

प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौं–तराई/मधेस द्रूतमार्ग सडक आयोजना अन्तर्गतको प्रवेश विन्दु खोकना क्षेत्रमा देखिएका समस्या समाधानका लागि पहल गरेका छन्। उनले आइतबार सो विषयमा सम्बन्धित मन्त्रीसहित उच्च अधिकारीसँग जानकारी लिइ समस्या समाधान गर्ने बारे छलफल गरेका हुन्।

प्रधानमन्त्री निवास, बालुवाटारमा भएको छलफलमा उक्त आयोजनाको हालको प्रवेश विन्दु कायम भएको ललितपुर महानगरपालिका–२१ खोकनाको फुडोलमा देखिएका समस्या समाधानका लागि हालसम्म प्राप्त अध्ययन र विकल्पका सुझावबारे परामर्श गरिएको छ। खोकना क्षेत्रमा नेवार समुदायको धार्मिक तथा सांस्कृतिक सम्पदा रहेकाले त्यसलाई सम्बोधन गर्ने विकल्प बारे छलफल भएको छ। छलफलपछि प्रधानमन्त्री ओलीले समस्यालाई लामो समय अन्योलमा नराखी स्थानीयवासीको माग सम्बोधन गरेर आयोजनालाई तीव्रताका साथ अघि बढाउन निर्देशन दिए।

छलफलमा भौतिक यातायात तथा पूर्वाधार मन्त्री देवेन्द्र दाहाल, रक्षामन्त्री मानवीर राई, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, आर्थिक विकास सल्लाहकार डा युवराज खतिवडा, प्रधानसेनापति अशोकराज सिग्देल, दुवै मन्त्रालयका सचिवहरूको उपस्थिति थियो।

प्रकाशित: १२ श्रावण २०८२ ०६:३८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App