प्रतिनिधिसभा बैठकमा सहभागी हुन पुगेका प्रधानमन्त्री बालेन्द्र शाह संसद्मा आधा घण्टा पनि नबसि बाहिरिएका छन्।
बैठकमा सहभागी हुन दिउँसो १ बजेर ३७ मिनेटमा संसद् प्रवेश गरेका प्रधानमन्त्री शाह २० मिनेट मै निस्किएका हुन्।
प्रधानमन्त्रीसहित रास्वपा सभापति रवि लामिछाने बैठक चलिरहेको बेला बिचमा प्रवेश गरेपछिनेकपा एमालेका प्रमुख सचेतक ऐन महरले नियम तोडेको भन्दै आपत्ति जनाएका थिए।
उनीहरु राप्रपाकी प्रमुख सचेतक खुस्बु ओली बोलिरहेको बेलामा सदनमा प्रवेश गरेका थिए।
सभापति लामिछाने पनि प्रधानमन्त्री शाहसँगै बाहिरिए।
प्रकाशित: ३० असार २०८३ १४:३७ मंगलबार





