१४ श्रावण २०८३ बिहीबार
image/svg+xml
राजनीति

प्रधानमन्त्री शाहले आह्वान गरे संवैधानिक परिषद्को बैठक

प्रधानमन्त्री बालेन्द्र शाहले संवैधानिक परिषद्को बैठक आह्वान गरेका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शुक्रबार साँझ ५ बजे बस्ने गरी बैठक बोलाइएको हो।  

बैठकमा विभिन्न संवैधानिक निकायका रिक्त पदहरूमा नियुक्तिका लागि सिफारिस गर्ने विषयमा छलफल हुनेछ।  

हाल निर्वाचन आयोग, राष्ट्रिय मानवअधिकार आयोग, राष्ट्रिय समावेशी आयोग, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, थारू आयोग, मधेशी आयोग तथा राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका विभिन्न पद रिक्त रहेका छन्। 

प्रकाशित: १९ असार २०८३ १४:०१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App