७ जेष्ठ २०८३ बिहीबार
image/svg+xml
राजनीति

विश्वविद्यालय र प्रतिष्ठानका समस्याबारे प्रधानमन्त्रीकाे चासाे

उपकुलपतिहरूसँग छलफल

प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले विश्वविद्यालय र प्रतिष्ठानका समस्याबारे चासो राखेका छन्।  

आज (सोमबार) प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा उनले ११ विश्वविद्यालय र सात वटा प्रतिष्ठानका उपकुलपतिसँग समस्या र समाधानका उपायबारे छलफल गरेका हुन्। छलफलका क्रममा कतिपय तत्कालै समाधान गर्न सकिने विषय पनि उठेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।  

बैठकमा त्रिभुवन विश्वविद्यालय, काठमाडौं विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय, पोखरा विश्वविद्यालय, लुम्बिनी बौद्ध विश्वविद्यालय, नेपाल संस्कृत विश्वविद्यालय, सुदूरपश्चिमाञ्चल विश्वविद्यालय, मध्यपश्चिमाञ्चल विश्वविद्यालय, कृषि तथा वनविज्ञान विश्वविद्यालय, राजर्षि जनक विश्वविद्यालय र शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका उपकुलपति सहभागी थिए।  

यस्तै नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट), चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान,पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिहरुसँग पनि प्रधानमन्त्री शाहले छलफल गरेका हुन्।  

प्रधानमन्त्री शाह कुलपति रहेकाले पनि यी संस्थामा रहेका समस्या समाधानमा चासो दिएका हुन्। उनले यसअघि विभिन्न प्रदेशका सांसद्सँग पनि आफ्नो क्षेत्रका समस्या र समाधानको उपायबारे छलफल गरेका थिए। 

प्रकाशित: ७ वैशाख २०८३ १६:१३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App