४ चैत्र २०८२ बुधबार
image/svg+xml
राजनीति

प्रधानमन्त्रीको टिप्पणी: सरकारमा भएकाको बुद्धि नपुग्दा जेन–जीको ज्यान गयो

अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले जेन–जी शहीदका परिवारसँग भेट्ने क्रममा सरकारमा भएकाहरूको बुद्धि नपुगेकाले युवाको ज्यान गएको बताएकी छन्। बिहीबार काठमाडौंमा रहेका जेन–जी शहीदका परिवारसँग भेटघाटका क्रममा प्रधानमन्त्री कार्कीले यस्तो टिप्पणी गरेकी हुन्।

‘दुःखद घटना भयो । सरकारमा हुनेको बुद्धि पुगेन जस कारण यो दुर्घटना भयो,’ प्रधानमन्त्री कार्कीले भनिन्, ‘बच्चाहरूले पढ्ने कसरी? उहाँहरूको पढाइ, कामहरू दिने गरी सोचिरहेका छौँ।’ 

शहीद परिवारलाई नोक्सान जे भयो, त्यसको क्षतिपूर्ति  हुन नसक्ने भन्दै उनले राज्यले राहतको प्रबन्ध गर्ने बताइन्। ‘राज्यले ज्यान फर्काएर त ल्याउन सक्दैन । राज्यबाट मद्दत गर्ने उठ्नलाई भन्ने हो’, उनले भनिन्।

प्रकाशित: १६ आश्विन २०८२ १९:५६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App