४ चैत्र २०८२ बुधबार
image/svg+xml
राजनीति

प्रधानमन्त्री ओलीको भारत भ्रमण तय, भदौ अन्तिम साता जाने निश्चित

प्रधानमन्त्री केपी शर्मा ओली भारत भ्रमण निश्चित भएको छ। प्रधानमन्त्री नियुक्त भएको झण्डै १४ महिनापछि प्रधानमन्त्री ओलीको भारत भ्रमण निश्चित भएको हो। 

प्रधानमन्त्री सचिवालयका अनुसार भदौ ३१ गते प्रधानमन्त्री ओली दुई दिने भारत भ्रमण जान लागेका छन्। 

परराष्ट्र मन्त्रालयले भने प्रधानमन्त्री ओलीको भ्रमण तालिका स्पष्ट खुलिनसकेको  बताएको छ। मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले मिति तय नै भई नसके पनि तयारी थालिसकेको बताए। ‘प्रधानमन्त्रीको भ्रमण निश्चित भइसकेको छ। भ्रमण सफल बनाउन हामीले तयारी पनि थालिसकेका छौँ,’ उनले भने, ‘भ्रमण तालिका र मिति केही दिनभित्रै सार्वजनिक गर्छौँ।’ 

प्रकाशित: ४ श्रावण २०८२ १२:५५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App