२३ पुस २०८२ बुधबार
image/svg+xml
राजनीति

प्रधानमन्त्रीले गरे सोनमामा कालोपत्र सडकको शिलान्यास

प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार महोत्तरीको सोनमामा कालोपत्र सडकको शिलान्यास गरेका छन् ।

विश्व बैङ्कको अनुदान ऋण १९ करोड ७ लाख ८३ हजार ६१८ रुपैयाँमा २०८३ चैत ११ गतेसम्म ८.३८४ किलोमिटर सडक निर्माण गर्ने सम्झौता भएको सडक प्रधानमन्त्री ओलीले शुक्रबार शिलान्यास गरेका हुन् ।

महोत्तरीको हुलाकी राजमार्गमा प्रधानमन्त्री ओलीले शिलान्यास गरेको रघुनाथपुर बजार–सोनमा–तरहारी–सुन्दरपुर ८.३८४ किमी कालोपत्र सडकले सोनमा गाउँपालिका-३ को रघुनाथपुरबाट सुरु भई सोनमा गाउँपालिकाको केन्द्रसँगै वडा नं.१, २, ३, र ७ का रघुनाथपुर, सोनमा, तरहारी, मुसहरी टोल हुँदै सुन्दरपुरसम्म पुग्ने पूर्वाधार विकास कार्यालय जलेश्वरका प्रमुख राजेशलाल कर्णले बताए ।

विश्व बैङ्कको अनुदान ऋण ३४ करोड ६९ लाख ५० हजार ६१६ बजेटको टेन्डर हुँदा ढुकुछु निर्माण कम्पनी प्रालिसँग १९ करोड ७ लाख ८३ हजार ६१८ रुपैयाँ ९भ्याटसहित०को बजेटमा सम्झौता भएको छ ।

सडकको कुल लम्बाई ८.३८४ किमी रहेको छ भने औसत चौडाइ ८.५० देखि १०.५० मि रहने छ । गाडी चल्ने सडकको चौडाइ ५.५ मि कालोपत्र र दुवैतिर सोल्जरको चौडाइ १.५ गरी जम्मा ८.५० मिको सडक निर्माण हुने पूर्वाधार विकास कार्यालयले जनाएको छ । बस्तीहरूमा आयातकारको १७६० मि. लम्बाइको ढल, कल्भर्टसमेत बनाउने योजना रहेको छ ।

प्रकाशित: ३० श्रावण २०८२ १७:४३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App