२५ चैत्र २०८२ बुधबार
image/svg+xml
राजनीति

आज विदेशी राजदूतसँग सामूहिक भेट गर्दै प्रधानमन्त्री

प्रधानमन्त्री बालेन्द्र शाहले आज (बुधबार) विदेशी राजदूतहरूसँग सामूहिक भेट गर्दैछन्।

प्रधानमन्त्री कार्यालयका अनुसार परराष्ट्रमन्त्री शिशिर खनालसहितको यो सामूहिक संवादले कूटनीतिक मर्यादाको नयाँ मापदण्ड तय गर्नेछ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भेट हुने जनाइएको छ।

परराष्ट्र सचिव अमृतबहादुर राईसहित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका वरिष्ठ अधिकारीहरू सहभागी हुने भेटवार्ता दिउँसो १२ बजे हुनेछ।

प्रकाशित: २५ चैत्र २०८२ ०८:२६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App