२ फाल्गुन २०८२ शनिबार
image/svg+xml
राजनीति

प्रधानमन्त्रीले राजनीतिक दलहरुलाई छलफलमा बोलाइन

प्रधानमन्त्री सुशीला कार्कीले विघटित प्रतिनिधिसभामा प्रतिनिधित्व गरेका सात राजनीतिक दललाई आगामी फागुन २१ गते निर्धारित निर्वाचनका सम्बन्धमा छलफल गर्न आमन्त्रण गरेकी छन्।

प्रधानमन्त्री कार्कीले यही कात्तिक ४ गते साँझ ४ः०० बजे प्रधानमन्त्री निवास बालुवाटारमा निर्वाचनका सम्बन्धमा छलफल गर्न दलहरुलाई पत्र पठाएको उनका प्रेस संयोजक राम रावलले जानकारी दिए।

छलफलका लागि तत्कालीन संसद्‌मा मान्यता प्राप्त सात राजनीतिक दलबाट दुई जना उच्चस्तरीय प्रतिनिधि पठाउन आग्रह गरिएको छ।

छलफलमा नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी (एमाले), नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीका प्रतिनिधिहरूलाई बोलाइएको हो।

प्रकाशित: २ कार्तिक २०८२ २२:०५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App