राष्ट्रपति रामचन्द्र पौडेलले महाअस्टमीका अवसरमा मंगलबार काठमाडौंको नक्सालमा रहेको भगवती मन्दिरको दर्शन गरेका छन्। प्रथम महिला सविता पौडेलसहित पुगेर राष्ट्रपति पौडेलले नक्साल भगवतीको दर्शन गरेका हुन्।
नक्साल भगवती काठमाडौं उपत्यकामा रहेका महत्त्वपूर्ण शक्तिपीठमध्ये एक मानिन्छ।
अघिल्ला वर्षका महाअस्टमीमा राष्ट्रपति पौडेलले शोभा भगवती, भद्रकाली, मैतीदेवी, कालिकास्थान, संकटा, नरदेवी इन्द्रयणी दर्शन गर्ने गरेका थिए। यस पटक भने नक्साल भगवतीको मात्रै दर्शन गरेका छन्।
यद्यपि अन्य शक्तिपीठहरूमा भने राष्ट्रपति पौडेलले भेटी पठाएका छन्।
प्रकाशित: १४ आश्विन २०८२ १७:३२ मंगलबार





