राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीका अवसरमा टीका र जमरा ग्रहण गरेका छन्। बिहीबार बिहान ११ः५३ बजेको साइतमा पुरोहित द्वय अर्जुन अधिकारी र देवराज अर्यालबाट राष्ट्रपति पौडेलले टीका जमरा ग्रहण गरेका हुन्।राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति पौडेलले टीका ग्रहण गरेको राष्ट्रपति कार्यालयका सूचना अधिकारी अर्चना खड्काले जानकारी दिइन्।
प्रकाशित: १६ आश्विन २०८२ १३:२७ बिहीबार




