राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदबाट पारित भई प्रमाणीकरणका लागि पेस भएका चारवटा विधेयक प्रमाणीकरण गरेका छन्। राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम ती विधेयक प्रमाणीकरण गरेका हुन्।
प्रमाणीकरण भएका विधेयकहरूमा ‘सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक, २०८३’, ‘सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण (तेस्रो संशोधन) विधेयक, २०८३’, ‘सहकारी (पहिलो संशोधन) विधेयक, २०८३’ तथा ‘स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८३’ रहेका छन्।
यी विधेयकहरू संघीय संसद्को दुवै सदनबाट पारित भई संवैधानिक व्यवस्थाअनुसार प्रमाणीकरणका लागि राष्ट्रपति समक्ष पेस गरिएका थिए। राष्ट्रपतिबाट प्रमाणीकरण भएसँगै ती विधेयकहरू अब ऐनका रूपमा कार्यान्वयनमा जाने बाटो खुलेको छ।

प्रकाशित: २६ असार २०८३ १०:५७ शुक्रबार





