२४ फाल्गुन २०८२ आइतबार
image/svg+xml
राजनीति

राष्ट्रपति पौडेल र प्रधानमन्त्री ओलीबीच भेटवार्ता

राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ। शनिबार राष्ट्रपति भवन शीतलनिवास पुगेर प्रधानमन्त्री ओलीले राष्ट्रपति पौडेलसँग भेटवार्ता गरेका हुन्।

भेटका क्रममा उनीहरूबीच सरकारका कामकारबाही र देशको पछिल्लो राजनीतिक परिस्थितिबारे छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

प्रधानमन्त्री ओलीले राष्ट्रपति पौडेललाई सरकारले हालै गरेका निर्णयहरू, आगामी कार्ययोजना तथा संसदमा विचाराधीन महत्वपूर्ण विधेयकहरूबारे जानकारी गराएका थिए।

प्रकाशित: १७ श्रावण २०८२ १७:२७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App