नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले नेपाली कांग्रेस र नेकपा एमाले मिल्दा देशलाई लाभ हुन्न भन्ने सन्देश दिन राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)लाई बचाउनुपर्ने बताएका छन्। बिहीबार माओवादी केन्द्र कोसी प्रदेशको बैठकमा पार्टीका नेताहरूले रास्वपासँग निकटतामा प्रश्न उठाएपछि दाहालले सचिवालय यस्तो बताएका हुन्।
‘ओली–देउवा मिलेर गठबन्धन बनेको बेला प्रतिपक्षलाई कमजोर बनाउने खेल पनि भयो,’ दाहालले भने, ‘उनीहरू एक ठाउँमा उभिँदा जनता र देशलाई लाभ हुँदैन भन्ने सन्देश पनि स्थापित गर्नुपर्ने भयो। त्यही भएकाले रास्वपालाई सँगै लैजान पनि बचाउनुपर्ने भयो।’
रास्वपाले राम्रो राजनीतिक हस्तक्षेप बढाए पनि अस्वाभाविक हल्लाखल्ला र मिडियाबाजी गरिरहेकामा भने दाहालले असन्तुष्टि देखाए।
प्रकाशित: १२ भाद्र २०८२ २०:३५ बिहीबार





