८ चैत्र २०८२ आइतबार
image/svg+xml
राजनीति

एकतापछि गठन हुने नेकपा समाजवादीको संयोजक प्रचण्ड, सहसंयोजक माधव नेपाल

केपी ओली हुन कम्युनिष्ट एकताका बाधक: महेन्द्र राय यादव

नेपाल समाजवादी पार्टीका अध्यक्ष महेन्द्रराय यादवले नेपालमा कम्युनिष्ट एकताका बाधक नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली रहेको दावी गरेका छन् ।  

समसामयिक राजनीतिक विषयमा नेपाल प्रेस सोसाइटी सूर्यविनायक भक्तपुरले गरेको साक्षात्कारमा उनले ओलीकै कारण सारा कम्युनिष्ट एक हुन नसकेको बताए । अहिले पनि ६२ प्रतिशत नेपाली जनता बामपन्थी नै रहेको भन्दै उनले कम्युनिष्ट एकता हुन सके देश आफैं कम्युनिष्ट हुने बताए ।

कम्युनिष्ट एकता आवश्यक भएकै कारण अहिले पछिल्लो समय एमाले बाहेकका कम्युनिष्ट पार्टी एकताको अन्तिम चरणमा पुगेको उनले बताए ।  

पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको माओवादी, माधव नेपाल अध्यक्ष रहेको नेकपा एकीकृत समाजवादी, आफू अध्यक्ष रहेको नेपाल समाजवादी पार्टी, विप्लब नेतृत्वको माओवादीका एक खेमासहित विभिन्न अन्य कम्युनिष्ट पार्टीको एकीकरण अन्तिम चरणमा पुगेको उनले बताए ।

उनले एकीकृत भएपछि बन्ने पार्टीको संयुक्त नाम नेपाल कम्युनिष्ट पार्टी समाजवादी रहने बताए । नयाँ पार्टीमा हाललाई संयोजक र उपसंयोजक दुई जना मात्रै तोकिने र पछि महाधिवेशन पछि पदाधिकारी बाँडफाँड हुने उनले सुनाए । संयोजकमा प्रचण्ड र सहसंयोजकमा माधब नेपाल रहने बाँकी पद पछि महाधिवेशनपछि मिलाउने उनले बताए । महाधिवेशन फागुनको चुनावापछि हुने उनले बताए । साथै संयुक्त पार्टी घोषणा कार्यक्रम छिटै हुने उनले बताए । 

प्रकाशित: १५ कार्तिक २०८२ २१:०० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App