८ चैत्र २०८२ आइतबार
image/svg+xml
कला/साहित्य

चलचित्र ‘मितज्यू’ को ‘गैराघरे काँइली’ सावर्जनिक

अनिल बुढा मगरको निर्देशनमा बनेको चलचित्र ‘मितज्यू’ को गीत ‘गैराघरे काँइली’ सावर्जनिक भएको छ।

आइतबार सावर्जनिक गीतमा कलाकारलाई पारम्परिक पहिरनमा देख्न सन्किछ। गीतमा दयाहाङ राई, तेरिया मगर र सौगात मल्ललाई फिचर्ड गरिएको छ।

लोकलयमा आधारित गीतमा श्रीकृष्ण बम मल्लको शब्द र संगीत छ। गायनमा उनले मेलिना राईसँग सहकार्य गरेका छन्।  

श्यामश्वेत रसाइलीको संयोजनमा बनेको गीतको नृत्य निर्देशक मिङ्मा डि लेप्चाले गरेका हुन्।  

ग्रामीण परिवेश र पहाडी पृष्ठभूमिको सामाजिक कथामा आधारित चलचित्रमा पुष्कर गुरुङ, शिशिर वाङ्देल, राज थापा, सुवर्ण थापा, अनु थापा, स्मिता लामिछाने, उमेश सोनाम, पवित्रा खड्का, चाहाना राना, अनुशा राई,अरुण पुन मगर, उत्तम राज पाण्डे, सविन कट्टेल, खड्गबहादुर पुनको अभिनय छ।

जीएम मुभिज प्रोडक्सनको ब्यानरमा निर्मित चलचित्र ८ जेठदेखि प्रदर्शनको तयारीमा छ।

प्रकाशित: ८ चैत्र २०८२ १२:४९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App