३० जेष्ठ २०८३ शनिबार
image/svg+xml
राजनीति

वर्तमान राजनीतिमा सेलिब्रिटी प्रवृत्ति बढ्यो : सीके राउत

जनमत पार्टीका अध्यक्ष डा सीके राउतले वर्तमान राजनीतिक तथा सामाजिक परिवेशमा विचार, सिद्धान्त र नैतिकताभन्दा सेलेब्रिटी प्रवृत्ति बढ्दै गएको बताएका छन्।

काठमाडौंमा शनिबार आयोजित नयाँ शक्तिको स्थापना दिवस कार्यक्रममा नयाँ पुस्तामा वैचारिक राजनीति कमजोर बन्दै गएको जिकिर गर्दै उनले यस्तो बताएका हुन्। उनले राजनीतिमा विचार, सिद्धान्त र नैतिकताको प्रधानता हुनुपर्ने भनाइ राखे।

उनले अहिले विचारशून्य युगको अवस्था रहेको भन्दै तर्कहीन बहस र नकारात्मक प्रवृत्तिले लोकतान्त्रिक संस्कृतिलाई कमजोर बनाइरहेको बताए।

‘हामीले सचेत र विचारले लैस वैकल्पिक राजनीतिक शक्तिको परिकल्पना गरेका थियौँ, तर आज त्यसको ठीक उल्टो वैचारिक शून्यता भएको शक्ति जन्मिएको छ,’ राउतले भने।

राउतले पुरानो पुस्ताका नेताहरूले जेलनेल र संघर्षमार्फत लोकतन्त्रका लागि योगदान दिएको भन्दै नयाँ पुस्ताले त्यसको उचित मूल्यांकन गर्न छाडेको बताए।

‘आजभोलि टाढैबाट हात हल्लाउने र जनतासँग प्रत्यक्ष नभेट्ने प्रवृत्तिप्रति आकर्षण बढेको छ। यो डार्क साइकोलोजी र एल्गोरिदमको खेल हो, जसमा हामीजस्ता भुईँतहमा काम गर्ने नेताहरू चुकेका छौँ,’ उनले भने।

प्रकाशित: ३० जेष्ठ २०८३ १६:२६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App