२४ फाल्गुन २०८२ आइतबार
image/svg+xml
राजनीति

कम्युनिष्ट आन्दोलन ध्रुवीकरण अहिलेको आवश्यकता: नेपाल

फाइल।

नेपाली कम्युनिष्ट पार्टीका सह-संयोजक एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले देशमा कम्युनिष्ट आन्दोलनको पुनः गठन र ध्रुवीकरण अहिलेको आवश्यकता भएको बताएका छन्।

पार्टीद्वारा आज यहाँ आयोजित पार्टी प्रवेश कार्यक्रममा सहसंयोजक नेपालले मुलुकमा विद्यमान राजनीतिक, आर्थिक तथा सामाजिक सङ्कटको सामना गर्न सम्पूर्ण देशभक्त वाम शक्ति एक ठाउँमा आउनुको विकल्प नभएको बताए।

मुलुकको समाजवादी अर्थव्यवस्थाको कार्यान्वयन तथा आर्थिक समृद्धि, सुशासन कायम गर्ने उद्देश्यले वामपन्थीबीच एकता प्रक्रिया सुरु गरिएको र आगामी दिनमा यस कार्यलाई थप विस्तार गरिने उनले प्रष्ट पारे।

समाजवादी क्रान्तिको लक्ष्य पूरा गर्न बृहत् कम्युनिष्ट आन्दोलनको एकीकरण आजको आवश्यकता भएको तथा विभिन्न प्रकारले वामपन्थी अभियान सञ्चालन गरिरहेका कम्युनिष्ट नेतालाई एकता प्रक्रियामा सहभागी हुन सहसंयोजक नेपालले आह्वान गरे।

सो अवसरमा उनले नेकपा (एमाले) का पूर्वकेन्द्रीय सदस्य तथा मुगु खत्याड गाउँपालिकाका पूर्वअध्यक्ष उब्जनबहादुर शाहीलाई पार्टी प्रवेश गराए।

प्रकाशित: २० कार्तिक २०८२ २१:५२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App