२४ फाल्गुन २०८२ आइतबार
image/svg+xml
राजनीति

कुर्सी परिवर्तन गरेर मात्र जनताको जीवनस्तर सुधारिँदैन : शाही

फाइल तस्बिर

राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले कुर्सी परिवर्तन गरेर मात्र जनताको जीवनस्तर नसुधारिने बताएका छन्।

उनले जबसम्म देशमा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री, प्रदेश खारेज, संवैधानिक निकायमा राजनैतिक नियुत्ति बन्द, भ्रष्टाचारीलाई सर्वस्व हरण गरी आजीवन कारावास र राष्ट्रिय एकता कायम नभएसम्म कुर्सी मात्र परिवर्तन हुने तर जनताको जीवनस्तर नसुध्रिने बताएका हुन्। 

साथै शाहीले यी कुरा कार्यान्वयन नभएसम्म देशमा सुशासन र समृद्धिको सपना सपनामै सीमित हुने भनाइ राखे। 'त्यसैले अब युवा पुस्ताहरू यो एजेण्डामा एकजुट हुनुपर्छ,' आज सामाजिक सञ्जालमा लेख्दै उनले भने, 'होइन भने सिर्फ कुर्सी परिवर्तन गरेर जनताको जीवनस्तर सुधारिँदैन।'

प्रकाशित: ५ आश्विन २०८२ १२:४४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App