२० फाल्गुन २०८२ बुधबार
image/svg+xml
राजनीति

संसदीय सुनुवाइ समितिको सभापति चयन प्रक्रिया आज

सङ्घीय संसद्को संसदीय सुनुवाइ समिति (संयुक्त) २०८० को बैठक आज बस्दैछ। कानुन, न्याय तथा मानव अधिकार समितिको हलमा दिनको ५:१५ बजे बस्ने गरी निर्धारण भएको समितिको बैठकमा सभापतिको निर्वाचन सम्बन्धमा प्रक्रिया अगाडि बढाउने कार्यसूची छ। 

सो समितिको सभापति रहेकी ईश्वरीदेवी न्यौपानेले राजीनामा दिएर राज्य व्यवस्था तथा सुशासन समितिको सभापति निर्वाचित भएपछि सभापति रिक्त रहँदै आएको थियो। सोही समितिको सभापति चयनका लागि बैठक बोलाइएको सूचनामा उल्लेख छ।

प्रकाशित: २० भाद्र २०८२ ०६:२१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App