१४ श्रावण २०८३ बिहीबार
image/svg+xml
राजनीति

सम्पत्ति विवरण बुझाउन सांसदलाई संसद् सचिवालयको आग्रह

सङ्घीय संसद् सचिवालयले सङ्घीय संसद्का दुवै सदनका सांसदलाई  आर्थिक वर्ष २०८२।०८३ को सम्पत्ति विवरण तोकिएको समयभित्र अनिवार्य रूपमा पेस गर्न आग्रह गरेको छ। 

सचिवालयको सांसद सुविधा व्यवस्थापन शाखाले सोमबार सूचना जारी गर्दै भ्रष्टाचार निवारण ऐन, २०५९ र अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ बमोजिम सांसदहरूले आफ्नो सम्पत्ति विवरण कानुनले तोकेको अवधिभित्र बुझाउनुपर्ने छ। 

सूचनाअनुसार आर्थिक वर्ष २०८२। ०८३ समाप्त भएको मितिले ६० दिनभित्र अर्थात् २०८३ साउन १ गतेदेखि भदौ २९ गतेसम्म सांसदहरूले आफ्नो तथा आफ्नो परिवारका सदस्यहरूको नाममा रहेको सम्पत्तिको अद्यावधिक विवरण, त्यसको स्रोत र आवश्यक प्रमाण सहित सचिवालयमा पेस गर्नुपर्नेछ।  

सार्वजनिक पद धारण गरेका व्यक्तिले प्रत्येक आर्थिक वर्ष समाप्त भएको ६० दिनभित्र सम्पत्ति विवरण बुझाउनुपर्ने कानुनी व्यवस्था रहेको सचिवालयले स्मरण गराएको छ। सम्पत्ति विवरण सार्वजनिक पदमा रहेका व्यक्तिको आर्थिक पारदर्शिता, जवाफदेहिता र सुशासन प्रवर्द्धनका लागि अनिवार्य व्यवस्था मानिन्छ। 

सचिवालयले तोकिएको समयभित्र सम्पत्ति विवरण नबुझाए कानुनबमोजिम कारबाही हुने प्रावधान रहेको भन्दै सबै सांसदलाई समयमै विवरण पेस गर्न आग्रह गरेको छ। 

प्रकाशित: १ श्रावण २०८३ १२:२३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App