२३ मंसिर २०८२ मंगलबार
image/svg+xml
राजनीति

संसद् : रास्वपा र राप्रपाको आन्दोलन जारी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आज पनि संसद् बहिष्कार गरेका छन्।

मङ्गलबार (आज) दिउँसो बसेको बैठकमा आफूहरूको आन्दोलन जारी रहेको बताउँदै रास्वपा र राप्रपाले संसद् बहिष्कार गरेका हुन्।

भिजिट भिसा प्रकरणलाई लिएर रास्वपा र राप्रपा करिब दुई महिनायता आन्दोलित छन्। सुरुमा संसद्‌भित्रै नाराबाजीमा उत्रिएका रास्वपा र राप्रपाले बैठक बहिष्कार गर्दै आएका छन्।

उक्त प्रकरणमा उनीहरूले उच्चस्तरीय स्वतन्त्र छानबिन समितिको माग गर्दै आएका छन् तर, सरकार भने त्यस मागमा लचिलो छैन। 

प्रकाशित: २७ श्रावण २०८२ १४:०५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App