प्रतिनिधिसभा सदस्य सांसद रुकेश रञ्जितले संसद्मा प्रधानमन्त्रीको फोटो मात्रै टाँसेर पनि संसद् चलाउनुपर्ने हुनसक्ने बताएका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टी मध्यपुर थिमि नगर सम्मेलनको शनिबार भएको उद्घाटन समारोहमा सांसद रञ्जितले संसद्मा प्रधानमन्त्री आएनन् भनेर विरोध गर्नुको कुनै अर्थ नभएको बताए।
उनले भने, ‘बहस, छलफल सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा हुनुपर्ने हो, न कि प्रधानमन्त्री आए, आएनन् भनेर।’
उनले विपक्षीले सरकारको गरेको कुनै पनि काममा खोट नभेटेपछि प्रधानमन्त्री उपस्थितिका बारेमा मुद्दा उठाएको आरोप लगाए।
‘प्रधानमन्त्री काममा व्यस्त हुनुहुन्छ। अहिले उहाँ व्यस्त हुने समय पनि हो’, उनले भने, ‘विपक्षीहरूले केही काम नपाएर विरोधको काम गरिरहेका छन्।’
प्रकाशित: ९ जेष्ठ २०८३ ११:२१ शनिबार





-600x400.jpg)