नेकपा एमाले संसदीय दलको उपनेतामा प्रतिनिधिसभा सदस्य पद्मा अर्याल मनोनीत भएकी छन्।
एमाले दलका नेता रामबहादुर थापा बादलले उपनेतामा पद्मा अर्याललाई मनोनयन गरेको सचिव महेश बस्नेतले जानकारी दिए। अर्याल एमाले केन्द्रीय सचिव समेत हुन्।
यसअघि दलको प्रमुख सचेतकमा ऐन महर र सचेतकमा नीता घतानी मनोनीत थिए।
प्रकाशित: २९ वैशाख २०८३ ११:५८ मंगलबार





